About Us

नाम : उद्योग बाणिज्यसँघ सर्लाही मलंगवा 
सँघको दर्ता नं : ७/ २०४८।०४९  मिति : २०४८।०६।११ जिल्ला प्रशासन कार्यालय सर्लाही 
महासँघ दर्ता मिति : २०४८।०६।२०
सँघको पानं.नं. : ६०८८८१५५३/०७५।८।२६ 
स्व.अमरनाथ अग्रवालको अध्यक्षतामा मलंगवा न.पा.का उद्योगी व्यवसायीहरुको उपस्थितीमा उद्योग वाणिज्य सँघ स्थापना गर्ने बैठक बसि तपसिलका व्यक्तीहरु रहने गरि ११ सदस्य एढक कमिटी गठन का साथै ४ सदस्य सल्लाहकार समिति गठन ।

 

२०४८ देखि हाल सम्म अध्यक्षहरुको नाम तथा कार्यकाल


१) सस्थापक अध्यक्ष ः स्व.रत्न रंजितकार — २०४८।०६।११ — २०५४।०२।०१
२) अध्यक्ष ः  श्री सागर मल अग्रवाल — २०५४।०२।०२ — २०६०।०१।१० सम्म
३) अध्यक्ष ः श्री राम कृष्ण अग्रवाल — २०६०।०१।११ — २०६१।१२।२० सम्म 
४) अध्यक्ष ः स्व.रंगलाल अग्रवाल — २०६२।०१।२० — २०७०।०५।१२ सम्म 
५) का.व.अध्यक्ष ः श्री सत्यनारायण अग्रवाल — २०७०।०९।३० — २०७१।०४।०९ सम्म
६) अध्यक्ष ः श्री हरि शंकर प्रसाद साह — २०७१।०४।१८ — २०७६।११।२२ सम्म 
७) अध्यक्ष ः श्री बिरेन्द्र प्रसाद शाह — २०७६।११।२३ देखि (कार्यकाल ३ वर्ष)


सँघबाट गरेका कार्यक्रमहरु 


क)   आर्थिक समाचार ः–२०६६ साल पुष देखि मासिक रुपमा आर्थिक समाचार २ वर्ष सम्म प्रकाशित गरियो ।
ख)   २०६७।०६।१५ गते लघु व्यवसाय विकाश कोष स्थापना का ला जि.वि.स. नगरपालिका, उद्योग वाणिज्य सँघ तथा हेल्भेटास को संयुक्त लगानीमा लघु व्यवसाय कोष स्थापनाका लागि जिल्ला का विभिन्न गा.वि.स. हरुका, शिप मुल्क तालीम दिइयो, दालबुट तालीम, सिलाई कटाई, वासको कुर्सि, हाउस वाईरिङ्ग , मोटरसाइकल मर्मत टेनिङ्ग, लहटी ।
ग)   २०६५ साल जेष्ठ ३ गते उद्योग वाणिज्य सँघ, विरगंज सँग भगिनी संस्थाको रुपमा सम्बन्ध गरिएको थियो ।
घ)   प्रत्येक वर्ष कर सप्ताह मनाउदै आएको ।
ङ)   नाप तौल कार्यकाल जनकपुरबाट घुम्ती टोली बोलाई उद्योगी व्यापारीहरुलाई घर दैलोमा नै नाप तौलको इजाजत पत्र तथा नविकरण गराउने कार्य गराएको ।
च)   समय समयमा सरकारबाट जारी गरेको विभिन्न परिपत्रहरु कर, अन्तशुल्क, ख्ब्त् को निर्देशिकाहरु पत्र पत्रिका मार्फत उद्योगी व्यापारीहरुलाई जानकारी गराउदै आएको ।
छ)   समय समयमा प्राकृतिक प्रकोप (विपदा) प्रकोपहरु भएको जस्तै बाढी, पहिरो, शितलहरहरु, आगलागी , भुकम्प, आदि कार्यहरुमा आर्थिक तथा जिन्सी सहयोग गर्दै आइरहेको ।
ज)   २०७४ सालमा नेपाल उद्योग वाणिज्य महासघमा मार्फत प्राप्त भएको इख्इए (एक गाँउ एक उत्पादन) कार्यक्रम अन्र्तगत जिल्लामा आपँको खेतीका लागि इसवरपुर न.पा.वडा.नं.१५  (श्रीनगर का कृषकहरुलाई आप को विरुवा, कृषि औजार अभिमुखीकरण तालिम इख्इए समितिबाट वितरण गरियो ।
झ)  जिल्लामा सरुवा भै पाल्नु हुने प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुख ज्युहरु लाई स्वागत तथा विदाईका साथै भेटघाट र सम सामाहिक विषयमा छलफल गर्ने गरिएको ।
ज्ञ)   जिल्लामा शान्ती सुरक्षा, लोडसेडिङ्ग बन्द हडताल, सडक जाम, उद्योगी व्यापारीहरुलाई छापामारी गर्ने आदि समस्यहरु निदानका लागि सम्बन्धित निकायहरु सँग छलफल गरि समस्याको सामाधन गर्ने गरेका छौँ ।
ट)   सँघको स्थापनका काल देखि २०७३ साल सम्म घर भाडा लिएर कार्य संचालन गरेको ।
ठ)   सँघको भवन बनाउन तत्कालिन अध्यक्ष श्री सागर मल्ल अग्रवाल ज्युले ०—१—० (एक कट्ठा) सहयोग गर्नु भएको र ०—१—५ (एक कट्ठा पाँच धुर) जग्गा सँघले आफनो श्रोत तथा सदस्य ज्युहरुबाट सापट लिई खरिद गरि ०—२—५(दुई कट्ठा पाँच धुर) जग्गामा भवन निर्माण गरि कार्य संचालन गर्दै आइरहेको छ ।
ड)   सँघको पहलमा सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा २०७५ सालमा कर दाता सेवा कार्यालयको स्थापना गरिएको ।
ढ)   दशैँ मेला ः— सँघले २०६३ र २०६४ सालमा मलंगवा न.पा.वडा.नं.८ स्थित मोहर सिहं धर्मशालामा २ वर्ष दशैँ मेला संचालन गरेको ।
ण)   नेपाल सरकारले लक डाउनको घोषणा गरे पश्चात सँघले राहत सामाग्रीहरु चामल, दाल, तेल,  मलंगवा न.पा.वडा.नं.२ स्थित कवड हलमा संचालित क्वारेन्टाइनमा पनि वितरण गरिएको ।
त)   मिति २०७६ साल फाल्गुन १० गते सँघको दशौँ वार्षिक साधारण सभा सँघको सभा हलमा महासँघको उपाध्यक्ष श्री किशोर प्रधान ज्यु बाट उदघान गरयौँ सोही समारोहमा पुर्व अध्यक्ष स्र्वगीय रंगलाल अग्रवालको अर्धकधको सालिक अनावरण सँघका तत्कालिन अध्यक्ष श्री हरिशंकर प्रसाद साह र मलंगवा नगरपालिका का नगर प्रमुख श्री निरसल साह ज्यु द्धारा संयुक्त रुपमा गरियौँ ।